मनहरी गाउँपालिकाद्वारा ८३ करोड ६७ लाखको बजेट सार्बजनिक (पूर्णपाठसहित)

असार, हेटौडा (मनहरी) – पश्चिम मकवानपुरको मनहरी गाउपालिकाले आर्थिक वर्ष २०७८/७९ को लागि ८३ करोड ६७ लाख बजेट सार्बजनिक गरेको छ । बिहिबार भएको नवौ गाउँसभामा मनहरी गाउपालिकाले ८३ करोड ६७ लाख ८६ हजारको बजेट ल्याएको हो । गाउँपालिका अध्यक्ष एकराज उप्रेतीको सभाध्याक्षतामा भएको गाउँसभामा उपाध्यक्ष मनिला बिष्टले आर्थिक वर्ष २०७८/७९ को लागि नीति तथा कार्यक्रम कार्यान्वयनका लागि बजेट प्रस्तुत गरिन् । गाउँपालिकाले कृषि, पशुपालन, पर्यटन र भौतिक पुर्बधार, स्वास्थ्य, शिक्षालाई प्राथमिकतामा राखेको छ । पुरानै नारामा बनेको नीति तथा कार्यक्रमलाई निरन्तरता दिदैं यस वर्ष नयाँ नीति कार्यक्रम समेत...