लगातार वर्षाको कारण हेटौंडा-काठमाण्डौं जोड्ने सबै सडक अवरुद्ध
असार, हेटौडा – निरन्तर वर्षाको कारण आएको बाढी पहिरोले बागमती प्रदेश राजधानी हेटौंडा र संघिय राजधानी काठमाण्डौ जोड्ने सबै सडक मार्गहरु अवरुद्ध भएको छ । हेटौंडाबाट काठमाण्डौ जोड्ने छोटो सडकमार्ग तीन दिनदेखि बन्द रहेको छ । हेटौंडा–भैसे सडक खण्डमा भिमफेदी १ बाघझोरामा, भैसे–भीमफेदी–फाखेल र सिस्नेरी सडक खण्डमा पान्द्राङ, गढी, देराली , ईन्द्रसरोबर महा लक्ष्मीखोला , कुलेखानीमा पहिरो जाँदा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जानकारी दिएको छ । यस्तै, कान्तिलोक पथ अन्तर्गतको भिमफेदी ८ कोगटेमा पहिरोले सडकको पिचनै बगाएको प्रहरीले जनाएको छ । कान्तिलोक पथकै ललितपुरको भट्टेडाडामा पनि...



















