हेटौडा र मनहरीको १ सय ८० जना छात्रालाई खाद्यान्न वितरण

ताम्सालिङ खबर
१८ असार २०७८, शुक्रबार ०८:१५

असार, हेटौडा (मनहरी) – हेटौडा उपमहानगर र मनहरी गाउपालिकाको १ सय ८० जना छात्रालाई खाद्यान्न वितरण गरिएको छ ।

अमेरिकन हिमालयन फाउन्डेसनको आर्थिक सहयोगमा ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गूठी काठमाडौं र महिला तथा बालबालिका सरोकार केन्द्र हेटौंडाको सहकार्यमा खाद्यान्न सहयोग गरिएको हो ।

महिला तथा बालबालिका सरोकार केन्द्र हेटौडाद्वारा सञ्चालित ‘बालिका शैक्षिक सहयोग’ परियोजना अन्तर्गत अध्ययन गरिरहेका १ हजार ९ सय छात्राहरु मध्ये १ सय ८० जना छात्राहरुलाई खाद्यान्न सहयोग गरिएको संस्थाकी कार्यक्रम संयोजक एलिना स्याङ्बोले बताईन् ।

कोरोना भाईरस संक्रमणको जोखिम न्यूनिकरण गर्न आह्वान गरिएको लकडाउनको कारण दैनिक गुजारा चलाउन समेत समस्या परेका छात्राहरु छनौट गरी उनीहरुलाई सहयोग गरिएको हो । उनीहरुलाई प्रतिव्यक्ति चामल ३० केजी, दाल ४ केजी, नुन एक प्याकेट, साबुन ४ वटा र तेल ३ लिटरका दरले सहयोग गरिएको हो ।

परियोजना अन्तर्गत अध्ययन गरिरहेका छात्राहरुमध्ये अपाङ्ग, एकल महिला तथा अशक्तहरुलाई भने घरमै राहत सामाग्री पुर्याइएको छ । खाद्यन्न वितरणका क्रममा कोरोना भाईरस सम्बन्धी सचेतना कार्यक्रम समेत गरिएको थियो । कार्यक्रममा स्थानिय जनप्रतिनिधिहरु ,संस्थाको कर्मचारीहरु,सहजकर्ताहरु र बिधालयको शिक्षकहरुको उल्लेखनीय उपस्थिति रहेकोे थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*