राक्सिराङबाट ७९ किलो गाँजासहित २ जना पक्राउ
असार, हेटौँडा (मनहरी) – राक्सिराङबाट ७९ किलो लागुऔषध गाँजा सहित २ जनालाई पक्राउ गरेको छ ।
प्रहरी चौकी चैनपुरबाट प्रहरी सहायक निरिक्षक दिपकराज न्यौपानेको कमाण्डमा खटिएको टोलिले राक्सिराङ-५ स्थित परेवाभिर सडकखण्डको मनहरीतर्फ बोराको भारी बोकी शंकास्पद रुपमा पैदल हिंडिरहेको ८-९ जना मध्ये अन्य मानिसहरु बोकिल्याएको भारी फालि फरार भएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा मकवानपुर राक्सिराङ–९ का २० बर्षीय प्रताप स्याङतान र कैलाश–२ का ४३ बर्षीय लाल बहादुर स्याङतान रहेको इलाका प्रहरी कार्यालय मनहरीले जनाएको छ ।






