फागुन २७ देखि हेटौंडामा सहिद स्मृति फुटबल प्रतियोगिता हुने
फाल्गुन, हेटौंडा – बागमती प्रदेशको राजधानी हेटौडामा यहि आउदो फागुन २७ गतेदेखि तेस्रो सस्करणको स्थानीय तह सहिद स्मृति फुटबल प्रतियोगिता हुने भएको छ । ए डिभिजन क्लवका ६ वटा र स्थानीय चार वटा टिम सहित १० टिमको सहभागितामा हेटौंडा–१० स्थित वन विज्ञान अध्ययन संस्थानको खेल मैदानमा प्रतियोगिता हुने भएको हो । मकवानपुर फुटबल संघले सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै खेल प्रतियोगिताबारे जानकारी दिएको हो । प्रतियोगिता चैत ७ गतेसम्म जारी रहनेछ । प्रतियोगितामा प्रथम र दोस्रो हुने टिमले क्रमशः नगद १० लाख र ५ लाख रुपैयाँसहित शिल्ड, मेडल र...



















