भुमि सम्बन्धी समस्या समाधान आयोगको कार्यालय स्थापना

तामसालिङ खबर
५ फाल्गुन २०७७, बुधबार १८:४२

फाल्गुन, हेटौडा – मकवानपुरमा भुमि सम्बन्धी समस्या समाधान आयोगको कार्यालय स्थापना गरिएको छ । जिल्ला समन्वय समिति कार्यालयमा स्थापना गरिएकाे आयोगकाे कार्यालयकाे बुधबार एक कार्यक्रमकाबीच जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलालले उदघाटन गर्नुभएको हो ।

कार्यालय उद्घाटन गर्नुहुँदै प्रमुख खुलालले भूमि सम्बन्धी समस्यालाई अब प्रभावकारी रुपमै समाधान गर्नेगरि काममा खटिन आग्रह गर्नुहुँदै उहाँले जिल्ला समन्वय समितिका तर्फबाट आवश्यक समन्वय र सहकार्य गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

कार्यक्रममा आयोगका जिल्ला अध्यक्ष रामेश्वर रानाले आयोग मार्फत जिल्लामा भूमिविहीनलाई जग्गा, लालपुर्जा लगायत भूमि सम्बन्धी समस्याको समाधानलाई प्रभावकारी रुपमा अघि बढाउने बताउनुभयो ।

भूमि सम्बन्धी समस्या समाधान आयोग जिल्ला समितिमा एक जना अध्यक्ष, एक जना विज्ञ सदस्य र एक जना सदस्य गरी तीन जना हुने व्यवस्था रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*