कालिका माबि खैराङका पूर्व विद्यार्थीहरुले शैक्षिक सामाग्री वितरण
फाल्गुन, हेटौडा (राक्सिराङ) – राक्सिराङ गाउपालिकाको श्री कालिका माबि खैराङ अठारेका पूर्व विद्यार्थी समूहले शैक्षिक सामाग्री वितरण गरेको छ । वसन्त पञ्चमी (सरस्वती पूजा) को अवसर पारेर सो बिद्यालयका पूर्व विद्यार्थी समूहले कक्षा १ देखि कक्षा १० कक्षा सम्मका बिद्यार्थीलाई बिद्यालयले छनौट गरेको आधारमा जेहेन्दार, अर्थिक अवस्था, कमजोर, शारिरिक अपाङ्गता भएका १५ जना छात्रछात्राहरूलाई शैक्षिक सामग्री वितरण गरेको छ ।
समूहले प्रति बिद्यार्थी एक थान स्कुल ब्याग, १५ थान कपी , एक दर्जन कलम, ज्यामितीय बक्स, लगायतका शैक्षिक सामग्री वितरण गरेको हो । गाँउको बिधार्थीको लागि त्यही पढेका पूर्व विध्यार्थीहरूको समूहले त्यहाँ हाल अध्ययन गरिरहेका बिद्यार्थीहरूको मनोवल बढाउन यस किसिमको सहयोग गरेको अभियान्ता हरि लोप्चनले जानकारी दिनुभयो ।
शैक्षिक सामग्री वितरण गर्न सोही बिद्यालयका पूर्व बिद्यार्थीहरू आयुष खड्का, धर्मराज स्याङ्तान, हरि लोप्चन, बालिका तामाङ, गणेश कुमार नगरकोटी, श्रीमान नेगी, सूर्य रूम्बा लगायत बिद्यालयमै पुगेर शैक्षिक सामग्री वितरण गरेको हो । आफू पढेको बिद्यालयको लागि आफूहरुको समूहले सहयोग गर्न पाउँदा निक्कै खुशी लागेको अर्का अभियान्ता गणेश कुमार नगरकोटीले बताए ।

सबैभन्दा बढी सहयोग पूर्व बिद्यार्थी हाल अस्ट्रेलियामा रोजगारीको सिलसिलामा रहनुभएका रोशन लामाले रू २५ हजार सहयोग गर्नुभएको थियो ।
अगामी दिनहरूमा पनि यस्तै सहयोग र सहकार्य जारी राख्ने अभियान्ता धर्मराज स्याङ्तानले प्रतिबद्धता समेत व्यक्त गरेका थिए । देश तथा विदेशमा रहेका त्यस बिद्यालयमा अध्ययन गरेका पूर्व बिद्यार्थी र अन्य सहयोगीहरूले समेत स्वैच्छिक सहयोग गरेका थिए ।

ताम्सालिङ खबर 




