राक्सिराङका सबै जनप्रतिनिधिको कोरोना बिमा
असोज, हेटौंडा – मकवानपुरको विकट राक्सिराङ गाउँपालिकाले सबै जनप्रतिनिधिको कोरोना बिमा गर्ने भएको छ । कोरोना महामारीकाबीच जनप्रतिनिधिले नै अग्रपंतिमा समुदायमा भूमिका निर्वाह गर्नुपर्ने भएकाले उनीहरुलाई उच्च जोखिम रहेको भन्दै कोरोना बिमा गर्न लागिएको हो । एक लाख रुपैयाँ बराबरको कोरोना बिमा गराउनको लागि गाउँपालिकाले प्रत्येक वडाका वडाध्यक्षतथा वडा सदस्यको व्यक्तिगत विवरण उपलब्ध गराउन आह्वान गरेको छ । नामथर, जन्ममिति, पद, नागरिकता नम्बर र इच्छाइएको व्यक्ति उल्लेख गरी विवरण माग गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्यले बताए । गाउँपालिकामा हाल ४५ जना जनप्रतिनिधि रहेका छन् । उनीहरुलाई गाउँपालिकाकै...

















