प्रदेश राजधानी हेटौंडा, सम्पर्क कार्यालय काठमाडौंमा ?

तामसालिङ खबर
१ आश्विन २०७७, बिहीबार १०:०७

 हेटौंडा – बागमती प्रदेशको राजधानी हेटौंडाका सरकारी कार्यालयहरुको सम्पर्क कार्यालय काठमाडौंमा किन लगिँदैछ भन्नेबारे जनसरोकार केन्द्र मकवानपुरले प्रश्न गरेको छ ।

प्रदेशको मुख्य न्यायाधिवक्ता कार्यालयले देशको संघीय राजधानी काठमाडौंमा सम्पर्क कार्यालय खोल्ने निर्णय गरेपछि सरोकार केन्द्रले यस्तो प्रश्न गरेको हो । प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंलाई कार्यालयले मंगलबार बुझाएको प्रतिवेदनमा मुख्य न्यायाधिवक्ताको सम्पर्क कार्यालय काठमाडौंमा राख्र्नेे भन्ने भावी योजनाको बुदा नं. ८ र सुझावहरुको बुँदा नं. ११ प्रति जनसरोकार केन्द्रले गम्भीर आपत्ति जनाएको छ ।

केन्द्रले मुख्यमन्त्रीको सम्पर्क कार्यलय काठमाडौंमा स्थापना गरिसकेको र अहिले मुख्य न्यायाधिवक्ताको पनि सम्पर्क कार्यालय काठमाडौंमा खोल्ने योजनाले प्रदेश राजधानी हेटौंडाको कुनै औचित्य नहुने र यसले प्रदेश राजधानीप्रति नै प्रश्न चिन्ह खडा हुने केन्द्रका संयोजक अधिवक्तासमेत रहेका ध्रुव प्रसाद चौलाागाईंले दावी गरे ।

आगामी दिनमा सबै सरकारी कार्यालयहरुको सम्पर्क कार्यालय काठमाडौंमा खोल्दै जाने गलत नियतले हेटौंडा राजधानी हुनुको औचित्य समाप्त हुने चौलागाईंको भनाइ छ । प्रदेशअन्तर्गत सबै जिल्लामा आफ्ना मातहतका कार्यलय हुदाँहुदै सम्पर्क कार्यालयको आवश्यकता परेको भन्ने कुरा शंकास्पद रहेको केन्द्रले बुधबार विज्ञप्ति जारी गर्दै जनाएको छ । ‘ के अब हरेक जिल्लामा बढी काम प¥यो भन्दैमा सोही जिल्लामा सम्पर्क कार्यालय खोल्दै जाने हो ?’, विज्ञप्तिमा भनिएको छ ।

संघीयता कार्यान्वयनको अवस्थामा सबै कुरा काठमाडौं केन्द्रित गर्दै जाँदा हेटौंडामा प्रदेश राजधानी रहनुको कुनै अर्थ नहुने केन्द्रका संयोजक चौलागाईंले बताए । केन्द्रले संविधान अनुसार उच्च अदालत हेटौंडामा तोकेर सहज हुने बाटोतर्फ ऐन कानून संशोधन गराउन लाग्नु पर्नेमा काठमाडौंमा सम्पर्क कार्यालय खोल्ने कुरा संविधान, कानून र संघियताको विरुद्धमा रहेको भन्दै प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको ध्यानाकर्षण गराएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*