घर जान चाहनेलाई प्रदेश र स्थानीय तहसँग समन्वय गरेर पठाउन प्रधानमन्त्रीको निर्देशन

बैशाख ६, काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनको समयमा घर जान चाहनेका लागि प्रदेश र स्थानीय सरकारसँग समन्वय गरेर पठाउन निर्देशन दिनुभएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा शुक्रबार बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति, मन्त्रिपरिषद्का सदस्य सहितको बैठकमा प्रधानमन्त्री ओलीले सीमा नाकामा थप कडाई गर्ने र घर जान चाहने र बाटोमा अलपत्र परेका नागरिकलाई प्रदेश र स्थानीय सरकारसँग समन्वयन गरेर व्यवस्थापन गर्न निर्देशन दिनुभएको हो । प्रधानमन्त्री ओलीको अध्यक्षतामा बसेको बैठकमा छिमेकी राष्ट्रहरुमा कोरोना भाइरसको सङ्क्रमण फैलिँदै गए पनि नेपालमा फैलिन नदिई नियन्त्रणमा राख्ने काम सरकारले...