र्‍यापिड टेष्टबाट गोरखामा एकजनामा कोरोना पोजेटिभ देखियो

तामसालिङ खबर
३ बैशाख २०७७, बुधबार १५:५७

बैशाख ३, गोरखा – र्‍यापिड डायग्नोष्टिक टेष्ट (आरडीटी) किटबाट गरिएको कोरोना भाइरस परीक्षणमा गोरखा आरुघाटका एक युवामा पोजिटिभ देखिएको छ ।

आरुघाट गाउँपालिका वडा नम्बर ५ का एक ३१ वर्षीय युवामा फागुन २३ गते बहराइनबाट फर्किएका थिए । उनको स्वाब परीक्षणका लागि गण्डकी प्रदेश जनस्वास्थ्य प्रयोगशाला पोखरा पठाइएको छ । विदेशबाट फर्किएको ४० दिनपछि उनमा संक्रमण देखिएको हो ।

किटबाट परीक्षण गर्दा पोजिटिभ देखिए पनि उनमा कोरोनाको लक्ष्यण नदेखिएको र युवा बिरामी पनि नभएको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन नारायण अर्यालले बताए ।

आरुघाटमा विदेशबाट आएका सबैको परीक्षण गरिँदा उनको मात्रै पोजिटिभ देखिएको हो । उनीसँगै अर्का एक विदेशबाट आएका व्यक्तिको पनि स्वाब परीक्षणका लागि पोखरा पठाइएको छ । स्रोत – ईकान्तिपुर

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*