मकवानपुरमा १६८ जनाको कोरोना परिक्षण, सबै नतिजा नेगेटिभ
बैशाख ५, हेटौडा – मकवानपुर जिल्लामा शुक्रबार सम्म एक सय ६८ जनाको ¥यापिड डायग्नोस्टिक टेष्ट (आरडिटी) किटको माध्यमबाट कोरोना भाइरस (कोभिड–१९) परिक्षण गरिएकोमा सबैको नमूना नेगेटिभ आएको जिल्ला जनस्वाथ्य कार्यालय मकवानपुरले जनाएको छ ।
जिल्लामा वैदेशिक रोगारीबाट आएका मध्ये शुक्रबार सम्म १६८ जनाको आरडिटी टेष्ट गरिएको तथा सबैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालयले जनाएको छ । शुक्रबार सम्म जिल्लाको हेटौंडा उपमहानगरपालिकामा ९६, थाहा नगरपालिकामा ३०, बागमती गाउँपालिकामा २०, मनहरीमा ९, ईन्द्रसरोवरमा ४, भीमफेदीमा ५ र बकैयामा ४ जनाको आरडिटी परिक्षण गरिएको छ ।
बिहीबार हेटौंडा उपमहानगरपालिकामा चार जनामा आरडिटी परिक्षण पोजेटिभ आए पनि शुक्रबार हेटौंडा स्थित कोरोना प्रयोगशालामा स्वाब परिक्षण गर्दा पीसीआर रिपोर्ट नेगेटिभ (कोरोना नभएको) आएको स्वास्थ्य प्रमुख प्रणय उपाध्यायले बताउनु भयो ।






