चैत्र २५ सम्मको लागि लक-डाउन
चैत्र, काठमाडौ – सरकारले कोरोना भाइरसको संक्रमणबाट बच्नलाई लागू गरेको लकडाउन थप ८ दिनलाई लम्ब्याउने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले कोरोना भाइरसको संक्रमणको जोखिम र सम्भावनालाई मध्यनजर गरेर लकडाउनको समय थप ८ दिनलाई लम्ब्याउने निर्णय गरेको हो । सरकारले अघिल्लो पटक घोषणा गरेको लकडाउन चैत्र १८ गते बिहान ६ बजे समाप्त हुँदैछ । लकडाउन समय समाप्त हुनुभन्दा अघि नै सरकारले आगामी चैत्र २५ सम्मलाई दोस्रो पटक लकडाउन गर्नेे निर्णय गरेको हो । यसअघि आइतबार नै बसेको कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिको बैठकले देशभर जारी लकडाउन लम्बाउनु पर्ने...



















