दैनिक अत्याबश्यक पर्ने पसल निर्बाध संचालन गर्न गृह मन्त्रालयको निर्देशन

तामसालिङ खबर
१२ चैत्र २०७६, बुधबार १०:३९

चैत्र, काठमाण्डौ – मंगलबार देखि देश लकडाउन भएपछी गृह मन्त्रालयले स्वास्थ्य, सुरक्षा, खाद्यवस्तु, खानेपानी, दूग्ध, विद्युत, दूरसञ्चार, सूचना तथा संचार, भन्सार, फोहोरमैला व्यवस्थापन लगायतका आवश्यक बस्तुको कारोबार गर्ने पसल निर्वाध रुपमा संचालन गर्न निर्देशन दिएको छ ।

गृहमन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले विज्ञप्ती जारी गर्दै उक्त निर्देशन दिनुभयो । उहाँले लकडाउनको पहिलो दिन यस्ता आवश्यक बस्तु र सेवा संचालन गर्ने निकाय छिटफुट रुपमा मात्रै संचालन भएको भन्दै निर्वाध रुपमा संचालन गर्न निर्देशन दिनुभयो ।

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*