मैत्रीपुर्ण फुटबल खेलमा पत्रकार टिमलाई ७-० गोलअन्तरले हराउदै जनप्रतिधि टिम विजयी
असोज, हेटौडा (मनहरी) – नेपालीहरुको चाड बडा दशैंको अबसरमा प्रेस सेन्टर नेपाल मनहरी गाउँ कमिटीले आयोजना गरेको मैत्रीपुर्ण फुटबल खेलमा जनप्रतिनिधिको टिम विजयी भएको छ । शनिबार मनहरी गाउँपालिका वडा नम्बर ७ रमौलीमा रहेको प्रस्तावित क्षेत्रीय मदन भण्डारी रंगशालामा पश्चिम मकवानपुरका पत्रकार र मनहरीका जनप्रतिनिधि विच भएको मैत्रिपुर्ण फुटबल खेलमा पत्रकारको टिमलाई पराजित गर्दै जनप्रतिनिधिको टिम विजयी भएको हो । पत्रकारको टिमलाई ७-० गोल अन्तरले पराजित गर्दै जनप्रतिनिधि टिम विजयी भएको हो । जनप्रतिनिधिको तर्फबाट गाँउपालिका अध्यक्ष रन्जन कालाखेली, वडा अध्यक्षद्वय राजकुमार पाख्रिन र प्रकाश थापाले गोल गरेका थिए...



















