थाहा नगरका जनप्रतिनिधि, वाईसियल र स्थानिले रोके, अवैध रुपमा माटो उत्खनन गरि लैजादै गरेको टिफर

असोज, हेटौडा (थाहा नगर) – मकवानपुरको थाहा नगरबाट अवैध रुपमा कमेरो माटो उत्खनन गरेको खबर पाएपछि नगरका जनप्रतिनिधि र माओवादी केन्द्र, वाइसियलको प्रतिनिधिहरु बुधबार राती नै सिमभन्ज्याङ पुगेको छ । थाहा नगरपालिका वडा नम्बर ५ मा रहेको कमेरो माटो अवैध रुपमा उत्खनन् गरि मधेश प्रदेशको जितपुर सिमरामा पुर्याउने गरेको खबर पाएपछि थाहानगरका प्रमुख विष्णुबहादुर बिष्ट, उपप्रमुख भरत गोपाली र माओवादी केन्द्र थाहा नगरका अध्यक्ष बिनोद कुमार लामा, वाइसियल नगर अध्यक्ष लगायतको प्रतिनिधिहरु, स्थानीय बासिहरुले थाहा नगरको नाका सिमभन्ज्याङमा पुगी टिफरलाई रोकाएका छन् । नगरपालिकाले उत्खनन कार्य बन्द गरि कानुनी...