नेपालबाट ३० करोडको पानी विदेश निर्यात
भदौ, काठमाडौं – नेपालबाट गतवर्ष ३० करोडको पानी विदेश निर्यात भएको छ । नेपाल बोटल वाटर उद्योग सघको ‘१२ औँ वार्षिक साधारण सभा एवं दशैँ, तिहार तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम’मा आव २०७८/०७९ मा नेपालबाट रु ३० करोडको पानी निर्यात भएको जानकारी दिइएको हो । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासघका उपाध्यक्ष अन्जनकुमार श्रेष्ठले भूकम्प, नाकाबन्दी र कोरोना महामारीबाट पीडित व्यवसायीले चाडपर्वको मुखमा तरलताको अभाव झेल्नुपरेको बताए । कोरोनाको समयमा व्यक्तिको घरघरमा पुगेर सेवा प्रदान गरेका पानी व्यवसायलाई राज्यले बेवास्ता गरेको उनको भनाइ थियो । खानेपानीको गुणस्तर मापन गर्न...


















