चाडबाड नजिकिए संगै खाल्डाखुल्डी र हिलाम्मे सडक सम्याउँदै राक्सिराङका जनप्रतिनिधि

तामसालिङ खबर
५ आश्विन २०७९, बुधबार ०९:१४

असोज, हेटौडा (राक्सिराङ) – चाडबाड नजिकिदै गर्दा मनहरी-पेङचे-चैनपुर मुख्य सडक खण्डको हिलाम्मे सडक राक्सिराङ गाउँपालिकाले सम्याउँदै छन् ।

लगातार परेको वर्षाले गर्दा हिलाम्मे भएको सडक खण्डमा स्थानीय क्रसर उद्योग संग समन्वय गरि धमाधम गिट्टी, बालुवा प्रयोग गरि सम्याउँदै गरेको अबस्थामा मंगलबार पालिका उपाध्यक्ष बनस्तम थिङ र ५ नम्बर वडाका वडाध्यक्ष हरिलाल प्रजा सो सडकमा खटिए ।

‘मेरो घर यहि सडक खण्ड छेउमा छ । दिनहुँ सबैले प्राय यहिँ सडकको विषयमा गुनासो गर्छन् । यहिँ सडक भएर गाउँपालिका सम्म पुग्ने म आफै पनि पिडित छु । चाडबाडको मौसम छ, दैनिक यात्रा गर्ने र शहर बजारबाट गाउघर फर्किनेहरुलाई सहज बनाउन खाल्डो हिलाम्मे बाटो सम्याउँदै छौ ।, पालिका उपाध्यक्ष थिङले भन्नु भयो।

कार्यालयको काम भन्दा अहिलेको अबस्थामा हिलाम्मे सडकको समस्या बढी भएकोले यसलाई प्राथमिकतामा राखेर काम गरिरहेका छौ । वडा अध्यक्ष प्रजाले भन्नु भयो । अबको ४-५ दिन भित्रमा खाल्डाखुल्डी र हिलाम्मे सडक सम्याई सक्ने उनले भने।

तेल खर्च गाउँपालिकाले ब्योहोर्ने गरी पालिका भवन निर्माणको ठेक्का पाएको सुप्रिम विल्डर्सको २ वटा स्काभेटरले बाटो सम्याउन साथ दिएरहेको छ । यो सडक खण्डमा दैनिक दर्जनौ बोलेरो गाडी र ५० भन्दा बढी अटो आवतजावत गरिरहेको छ।

करिब डेढ वर्ष अघि बागमती प्रदेश सरकारले २० करोड वजेट उक्त बाटोको लागि विनियोजन गरेको थियो । मनहरी बजार देखि राक्सिराङ गाउँपालिका कार्यालय सम्म जोड्ने करीब ५ किलोमिटर उक्त बाटो स्तरीकरणका लागि जि.एस कन्सट्रक्सनले ठेक्का पाएको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*