सत्ता गठबन्धनको चुनाबी कार्यक्रम शुरु, मकवानपुर गढीको शिखरकटेरीमा संयुक्त कार्यालय उद्घाटन

असोज, हेटौँडा – मकवानपुरमा लोकतान्त्रिक वाम गठबन्धनले आफ्नो चुनावी कार्यक्रम शुरु गरेको छ । आइतबार मकवानपुर गढीको शिखरकटेरीमा लोकतान्त्रिक वामगठबन्धनको संयुक्त कार्यालय प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार एवम् नेपाली कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना र निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार एवम् नेकपा (एकीकृत समाजवादी) स्थायी कमिटी सदस्य विरोध खतिवडाले उद्घाटन गर्नु भयो । मकवानपुर गढी गाउँपालिका यस्तो भूगोल हो, जहाँको ८ वटा वडामध्ये ४ वटा वडा निर्वाचन क्षेत्र नम्बर १ र ४ वटा वडा निर्वाचन क्षेत्र नम्बर २ मा पर्छ । ती वडामध्ये ४ वडा...