बाराको सिंगौलमा गुम्बा मेला हुने

कार्तिक, बारा (निजगढ) – निजगढ नगरपालिका वडा नम्बर ३ सिंगौल स्थित टासी धार्गेलिङ बौद्ध गुम्बामा आउँदो २० गतेबाट मेला सुरु हुने भएको छ । बिगत बर्षहरु माझैँ यस बर्षपनि सोही दिन पारेर ३ दिने धार्मिक गुम्बा मेला लगाउने भएको हो । पितृको सम्झनामा कार्तिक पुर्णिमाको दिन तामाङ समुदायले रातभर बती बाल्ले गरेका छन् । बती बाल्ने कार्य संगै मनोरंजनका लागि ३९ बर्ष अघिबाट मेला समेत लाग्दै आइरहेको स्थानियले बताए । कार्तिक पुर्णिमाको दिन आर्थिक हैसित बलियो भएकाहरु काठमाण्डौको स्वयम्भुनाथ, बौद्ध विहारमा गइ आफ्ना पितृको सम्झनामा बती बाल्ने गर्दछन् भने...