मनहरी बहुमुखी क्याम्पसका प्राध्यापकहरुद्वारा पेन डाउन, अध्यक्ष उप्रेती आन्तरिक कारण भन्दै पन्छिए

कार्तिक, हेटौडा (मनहरी) – पश्चिम मकवानपुरकै गौरव रहेको एक मात्र मनहरी बहुमुखी क्याम्पसमा कार्यरत प्राध्यापकहरुले समयमा तलब नपाएपछि पठनपाठन कार्य प्रभावित भएको छ । मनहरी गाउँपालिका वडा नम्बर ८ मा अबस्थित यस क्याम्पसमा अध्यापन गराउँदै आएका प्राध्यापकहरुले १६ महिना यता तलब सुबिधा नपाएपछि पेन डाउन गरेका छन् ।प्राध्यापकहरुले पेन डाउन गरेपछि क्याम्पसको पठन पाठन ठप्प भएको छ । क्याम्पस ब्यवस्थापन समितिका अध्यक्ष समेत रहेका नेकपा एमालेका बागमती प्रदेश कमिटि सदस्य तथा मनहरी गाउँपालिका पुर्वअध्यक्ष एकराज उप्रेती आन्तरिक कारण भन्दै समस्या समाधानबाट पन्छिएका छन् । अध्यक्ष उप्रेती अहिले प्रतिनिधि तथा...