मनहरी बहुमुखी क्याम्पसका प्राध्यापकहरुद्वारा पेन डाउन, अध्यक्ष उप्रेती आन्तरिक कारण भन्दै पन्छिए

तामसालिङ खबर
२७ कार्तिक २०७९, आईतवार २०:५६

कार्तिक, हेटौडा (मनहरी) – पश्चिम मकवानपुरकै गौरव रहेको एक मात्र मनहरी बहुमुखी क्याम्पसमा कार्यरत प्राध्यापकहरुले समयमा तलब नपाएपछि पठनपाठन कार्य प्रभावित भएको छ ।

मनहरी गाउँपालिका वडा नम्बर ८ मा अबस्थित यस क्याम्पसमा अध्यापन गराउँदै आएका प्राध्यापकहरुले १६ महिना यता तलब सुबिधा नपाएपछि पेन डाउन गरेका छन् ।प्राध्यापकहरुले पेन डाउन गरेपछि क्याम्पसको पठन पाठन ठप्प भएको छ ।

क्याम्पस ब्यवस्थापन समितिका अध्यक्ष समेत रहेका नेकपा एमालेका बागमती प्रदेश कमिटि सदस्य तथा मनहरी गाउँपालिका पुर्वअध्यक्ष एकराज उप्रेती आन्तरिक कारण भन्दै समस्या समाधानबाट पन्छिएका छन् । अध्यक्ष उप्रेती अहिले प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको प्रचार-प्रसारमा ब्यस्त हुनुहुन्छ ।

गत सालको माघ देखि तलब नपाएको र सो को ब्यवस्थापनमा क्याम्पस व्यवस्थापन समितिले वेवास्ताका गरेको कारण पठनपाठन हुन नसकेको प्राध्यापकहरु बताउँछन् । क्याम्पसमा बिद्यार्थी आउछन तर प्राध्यापक भने क्याम्पसमा उपस्थित हुँदैनन् ।

क्याम्पसमा बिद्यार्थी आउँदा पनि तपाईहरु किन पढाउन नआउनुभएको भन्ने प्रश्नमा एक प्राध्यापक भन्नुहुन्छ, ‘हामी १६ महिनादेखि बेतलबी हुँदा समेत क्याम्पस ब्यबस्थापनले कहिल्यै वास्ता गरेन । निरन्तर क्याम्पसलाई सहयोग गरिरह्यो तर अहिले त हदै पार गरिसकेपछि बाध्य भएर सामुहिक पेन डाउन गर्न बाध्य भएकाछौँ’। उनले भने।

क्याम्पस प्रमुख अमित पौडेल बिगत् ३ महिनादेखि अस्वस्थताका कारण भन्दै क्याम्पस उपस्थित छैनन् । नियमित कक्षा संचालन नहुँदा बिद्यार्थीलाई समस्या भएको र बिद्यार्थीको भविष्यमा खेलबाड नगर्न एक विद्यार्थीले बताउनुभयो ।

विद्यार्थीहरुले क्याम्पस प्रशासन र ब्यबस्थापनले आफुहरुलाई पढ्ने वातावरण बनाई बिद्यार्थीको भबिष्यमाथि खेलवाड नगर्न आग्रह समेत गरेका छन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*