मकवानपुरको बागमती नदीमा १ लाख माछाका भुरा छाडियो

कार्तिक, हेटौडा (बागमती) – मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर ४ झुरझरे स्थित बागमती नदीमा १ लाख माछाका भुरा बिहिबार छाडिएको छ । विहिवार प्रकृतिक जलाशय मत्स्य प्रर्वद्धन एवं संरक्षण केन्द्र हेटौडा मकवानपुरको आयोजनामा बागमती नदीमा रहु र नैनी जातका १ लाख माछाका भुरा बागमती नदीमा छाडिएको हो । बागमती गाउँपालिका अध्यक्ष सर्केश घलानको प्रमुख अतिथ्यता र प्रकृतिक जलाशय मत्स्य प्रर्वद्धन एवं संरक्षण केन्द्र हेटौडाका कार्यालय प्रमुख सरोज कुमार यादवको सभाध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि सर्केश घलानले बागमती गाउँपालिकामा पनि माछा मारेर जिविका चलाउने गर्ने...