पर्यटकिय गन्तब्य चिनाउन थाहा नगरको फोटो प्रदर्शनी हुँदै
कार्तिक, हेटौडा (थाहा नगर) – थाहानगरको सौन्दर्य र सभ्यतालाई प्रबर्द्धन गर्न काठमाडौमा फोटो प्रदर्शनी गरिने भएको छ । पर्यटन प्रबर्द्धन गर्ने हेतुका साथ नगरको सभ्यता, सस्कृति र जीवनशैली समेटीएका फोटो प्रदर्शनी गर्न लागिएको कार्यक्रम संयोजक ईन्द्र श्रेष्ठले बताए । थाहा नगरपालिकाको आयोजना र फरक सोच अभियानको संयोजनमा काठमाडौको बसन्तपुर दरबार स्क्वायर परिसरमा कार्तिक १८, १९ र २० गते थाहाकै फोटो पत्रकार गणेश विष्टद्धारा खिचिएका उत्तरी मकवानपुरको थाहा नगर र ईन्द्रसरोवर आसपासका प्राकृतिक, धार्मिक, ऐतिहाकि, साँस्कृतिक सम्पदा, कला संस्कृति र जिवनशैलीका फोटोहरुको प्रदर्शनी गरिने आयोजकले बताएको छ । काठमाडौमा हुने...



















