मुख्य राजमार्गको मनहरी ९ र ५ जोड्ने राप्तिमा अस्थायी पक्की पुल निर्माण, दर्दरा बसन्तपुर र दिल्लिपुरको स्थानीय लाभान्वित हुने

तामसालिङ खबर
३१ आश्विन २०७९, सोमबार २०:०८

असोज, हेटौडा (मनहरी) – पश्चिम मकवानपुरको मनहरी गाउपालिका वडा नम्बर ५ र ९ जोड्ने अस्थायी पक्की पुल निर्माण भएको छ । मुख्य राजमार्ग संग मनहरी ९ को रजैया र वडा नम्बर ५ को दर्दरा, बसन्तपुर र दिल्लिपुर जोड्ने अस्थायी पक्की पुल आज सोमबार निर्माण सम्पन्न भएको हो।

राप्ति खोलामा पानीको बहाब घटेपछि स्थानीय ५ नम्बर वडाबासीलाई मुख्य राजमार्ग संग सिधा सम्पर्क रहनको साना, मझ्यौला देखि ठुला लोड सवारीसाधन समेत आवतजावतमा सहज बनाउनको लागि अस्थायी पक्की पुल निर्माण गरिएको उपभोक्ता समितिको अध्यक्ष गोबिन्द सापकोटाले बताउनु भयो ।

अस्थायी पक्की पुल निर्माणको लागि ५ नम्बर वडाबाट ५ लाखको बजेट समेत छुट्याएको थियो । यो पटक ३२ वटा हिमपाइप, ४० थान जाली १ हजार बोरा गिट्टी बालुवा प्रयोग गरिएकोले यसपटक ठुला लोड गाडी समेत गुड्न सकिने गरि बनाएको समितिका अध्यक्ष सापकोटाले बताउनु भयो । सोमबार नै अस्थायी पक्की पुलको ५ नम्बर वडा अध्यक्ष दिपेन्द्र अधिकारी, समाजसेबी रामप्रसाद कालाखेती लगायतले अनुगमन गर्नु भएको थियो।

अस्थायी पुल बनेपछि वडाबासीलाई दैनिक कार्यमा हिड्डुल गर्न लाभान्वित भएको छ । ५ नम्बर वडा संग जोड्ने दुइवाट झोलुङ्गे पुल भएपनि साना, ठुला सवारी लिएर बाह्रै महिना गुड्न गाह्रो भएको अवस्थामा हिउदामा अस्थायी पुल र बर्षामा झोलुङ्गे पुलको सहारा लिनु परेको अवस्था रहेको छ ।

स्थायी पक्की पुल निर्माणको लागि मनहरी गाउँपालिकाले डिपिरा गरिसकेको छ । संघीय सरकार, बागमती प्रदेशबाट १-१ करोडको बजेट छुट्याए पनि अझै पक्की पुलको काम बढेको छैन।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*