तामाङ बौद्ध सेवा समितिको १३औ वार्षिक साधारणसभा सम्पन्न

तामसालिङ खबर
३० आश्विन २०७९, आईतवार ०९:१७

असोज, कास्की (पोखरा) – पोखराको तामाङ बौद्ध सेवा समितिको १३ औ वार्षिक साधारणसभा भएको छ । पोखरा महानगरपालिका १३ संगम टोल स्थित समाजको हलमा शनिबार आयोजित साधारणसभाको प्रमुख अतिथि निवर्तमान गण्डकी प्रदेश सांसद मीना गुरुङले दीप प्रज्वलन गरि उद्घाटन गर्नुभएको थियो।

प्रमुख अतिथि गुरुङले साधारणसभाको सफलताको शुभकामना व्यक्त गर्नुहुँदै तामाङ समूदाय आदिबासी जनजाती मध्ये तेश्रो ठुलो जनसंख्या रही आफ्नो छुट्टै मौलिक भाषा धर्म संस्कार संस्कृति र सभ्यता भएको एक जाती हो, यो राज्यमा तामाङ जातीको हकहित संरक्षण र सह-अस्तित्वको लागि तामाङहरु अबका दिनमा पनि यसरि नै संगठित भै राज्यको नीति निर्माण तहसम्म पुग्नुपर्ने र आफ्नै देशमा स्वरोजगारको स्थिति सिर्जना गराउनका निम्ती शिक्षामा जोड दिँदै आर्थिक रुपमा पनि सक्षम बन्नुपर्ने भनाइ व्यक्त गर्दै आगामी दिनमा संस्थाको चौतर्फी विकासका निम्ती आफ्नो तर्फबाट पनि सक्दो साथ सहयोग रहने वचनबद्धता व्यक्त गर्नुभएको थियो।

उक्त साधारणसभामा समितिको सह-सचिव पवित्रा तामाङले प्रस्तुत गर्नुभएको वार्षिक कार्यप्रगति प्रतिवेदन, कोषाध्यक्ष बुद्धिमाया तामाङले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन, अध्यक्षको भावी कार्ययोजना सहितको प्रतिवेदन साथै तामाङ बौद्ध आमा समुहका सचिव शान्ती तामाङ र कोषाध्यक्ष सिता तामाङले पनि आफ्नो वार्षिक कार्यप्रगति प्रतिवेदन/आर्थिक प्रतिवेदन प्रस्तुत गरि भेलाले पारित गरिएको थियो।

साधारणसभामा समाजका अध्यक्ष विष्णु योन्जन तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विशेष अतिथिको रुपमा नेपाल तामाङ घेदुङका पूर्व अध्यक्ष धन प्रसाद डुमजन, निवर्तमान गण्डकी प्रदेश सांसद मानबहादुर गुरुङ, नेपाल तामाङ संघिय घेदुङका उपाध्यक्ष दीपक वाइबा तामाङले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो साथै नेपाल तामाङ घेदुङ पोखरा महानगर समितिका अध्यक्ष शिबु ब्लोन तामाङ,आमा समूह अध्यक्ष पुष्पा तामाङ, घेदुङ पोखरा महानगर समितिका कोषाध्यक्ष जसपाल पाख्रिन, सचिव अन्जना डुमजन,संस्थाका सल्लाहकार एवं ताम्बा रामप्रसाद साम्देनले पनि शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*