बागमती प्रदेश सरकारद्वारा दुइ वटा अध्यादेश जारी

तामसालिङ खबर
३१ आश्विन २०७९, सोमबार ०७:२९

असोज, हेटौंडा – बागमती प्रदेश सरकारले सिफारिस गरेको दुइ वटा अध्यादेश जारी भएको छ । आइतबार प्रदेश प्रमुख यादवचन्द्र शर्माले उक्त अध्यादेश प्रमाणिकरण गरेर जारी गरेका हुन् ।

प्रदेश सरकारले प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश र प्रदेश हस्तकलाग्राम स्थापना तथा सञ्चालनको सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश प्रदेश प्रमुखले जारी गरेका हुन् ।

प्रमुख यादवले नेपालको संविधानको धारा २०२ को उपधारा (१) बमोजिम प्रदेश मन्त्रिपरिषद्को सिफारिशमा अध्यादेश जारी गरेका हुन् ।

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*