अरिंगालको टोकाइबाट स्याङतानको ज्यान गयो

तामसालिङ खबर
२९ आश्विन २०७९, शनिबार ०७:२९

असोज, हेटौंडा – अरिंगालको टोकाइबाट मकवानपुरमा एक जनाको ज्यान गएको छ ।

अरिंगालको टोकाइबाट जिल्लाको भीमफेदी-६ पारिबजार बस्ने ६२ वर्षीय कृष्ण बहादुर स्याङतानको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

बुधबार दिउँसो भीमफेदीको कापडाँडा स्थित जंगलमा गोरु चराउन जाँदा अचानक कालो अरिंगालको टोकाइबाट गम्भीर घाइते भएका स्याङतानको चितवनमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*