पर्यटक भित्र्याउन तिन नम्बर प्रदेशको पर्यटन मन्त्रालयको तिब्र तयारी

मंसीर २०, हेटौडा – तिन नम्बर प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले भ्रमण वर्ष २०२० लाई सफल बनाउन तीब्र तयारी गरेको छ । भ्रमण वर्षका अवसरमा प्रदेश र जिल्ला स्तरको समिति बनाएर काम गर्न लागिएको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण प्रसाद नेपालले बताउनु भयो । भ्रमण वर्ष सफल बनाउन मन्त्री नेपालकै अध्यक्षतामा प्रदेश स्तरीय समिति बनाइएको छ । प्रदेशका १३ वटै जिल्लामा जिल्ला समन्वय समितिका प्रमुख अध्यक्ष रहेको जिल्ला स्तरिय समिति बनाएर पर्यटन वर्ष २०२० को प्रचार प्रसारमा जुटेको उनले बताए । उनका अनुसार सबै समितिले...