विजय यूथ हेटौंडा गोल्डकप माघमा हुने

पुस, हेटौडा – हेटौंडामा रहेको एफसी विजय यूथको आयोजनामा हेटौंडामा ‘विजय यूथ हेटौंडा गोल्डकप’ फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । आगामी माघ ८ गतेदेखि १७ गतेसम्म प्रतियोगिता आयोजना गर्ने भएको छ । कोरोना भाइरस (कोभिड १९) र लकडाउनका कारण लामो समयदेखि रोकिएको फुटबलको गतिविधिलाई निरन्तरता दिन प्रतियोगिता आयोजना गर्न लागेको आयोजकले जानकारी दिएको छ । हेटौंडा–१० स्थित फरेष्ट्री खेल मैदानमा प्रतियोगिता आयोजना गर्ने तयारी छ । विजय यूथ हेटौंडा गोल्डकपको विजेताले नगद ३ लाख र उपविजेताले एकलाख ५० हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ । यस्तै विधागत उत्कृष्ट खेलाडीलाई...