टोकियो ओलम्पिक : चीन शीर्षस्थानमा, कुन देशले कति स्वर्ण जित्यो ?

एजेन्सी – ३२औं संस्करणको ग्रीष्मकालीन ओलम्पिक (टोकियो ओलम्पिक–२०२०) जारी छ। छैटौं दिनको खेलहरु सकिँदा चीन पदक तालिकाको शीर्षस्थानमा फर्किएको छ। शुरुवाती दुई दिन शीर्षस्थानमा रहेको चीन त्यसपछि पाँचौ दिनसम्म तेस्रो र दोस्रो स्थानमा झरेको थियो। चीनले बिहीबार ३ स्वर्ण जित्दै शीर्षस्थानमा पूनरागमन गरेको हो । समान १५ स्वर्ण नै जितेपनि जापान अन्य पदकमा पछि परी दोस्रो स्थानमा झरेको छ चीनले बिहीबारसम्म १५ स्वर्ण, ७ रजत र ९ कास्यगरी कुल ३१ पदक जितेको छ। जापानले १५ स्वर्ण, ४ रजत र ६ कास्यसहित २५ पदक जितेको छ। १४ स्वर्ण, १४ रजत...