नेपाल ओमानसंग ७-२ गोलको अन्तरले पराजित

असोज, एजेन्सी – साफ च्याम्पियनसिप २०२१ को तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले ओमानविरुद्ध मैत्रीपूर्ण खेलमा फराकिलो हार बेहोरेको छ । कतारमा भएको खेलमा नेपालले ७-२ को हार बेहोरेको हो । पहिलो हाफमा २-१ ले पछि परेको नेपालले दोस्रो हाफमा भने ५ गोल खाएको थियो । दोस्रो हाफमा ओमानले बलियो टोली उतारेपछि नेपाली टोली निकै दबाबमा परेको थियो । नेपाली टोली अब सोमबार माल्दिभ्स प्रस्थान गर्नेछ । नेपालले आइतबार मात्र साफ च्याम्पियनसिपका लागि अन्तिम २३ सदस्यीय टोली घोषणा गरेको थियो । पछिल्लो दुई सातायता कतारमा रहेको २५ सदस्यीय टोलीबाट...