साफ च्याम्पियनसिपको उद्घाटन खेलमै नेपाल र माल्दिभ्स भिड्ने

तामसालिङ खबर
२ भाद्र २०७८, बुधबार १८:०८

भदौ, काठमाडौं – दक्षिण एसियाली फुटबलको प्रतिष्ठित साफ च्याम्पियनसिपको खेल तालिका सार्वजनिक गरिएको छ । माल्दिभ्समा आउँदो अक्टुबर १ देखि १३ तारीख सम्म हुने प्रतियोगिताको १३ औं संस्करणको खेलतालिका बुधबार सार्वजनिक गरिएको हो ।

प्रतियोगिताको उद्घाटन खेलमै नेपालले आयोजक तथा डिफेन्डिङ च्याम्पियन माल्दिभ्सको सामना गर्नेछ । माले स्थित नेशनल फुटबल स्टेडियममा हुने प्रतियोगिता तर्फ नेपालले आफ्नो दोस्रो अक्टुबर ३ तारीखका दिन श्रीलंका सँग खेल्नेछ । त्यस्तै अक्टुबर ८ तारीखका दिन दावेदार भारत सँग खेल्नेछ भने अक्टुबर ११ तारीखका दिन लिग चरणको अन्तिम खेल बंगलादेशसँग खेल्नेछ ।

लिग चरणको खेलहरुको समाप्ती पश्चात समूहको शिर्ष दुई टोलीले अक्टुबर १३ तारीखका दिन उपाधिका लागि फाइनल खेल्ने छन् । प्रतियोगितामा नेपाल, माल्दिभ्स, श्रीलंका, बंगलादेश र भारतसहित कुल पाँच टोलीहरुले सहभागिता जनाउने छन् ।

प्रतियोगितामा भुटानले अन्तिम समयमा आएर सहभागिता नजनाउने बताएको थियो भने पाकिस्तान हाल फिफाको कारवाहीमा छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*