मेसीले सातौँपल्ट बेलन डेअर जिते
मंसिर, काठमाडौँ – लियोनल मेसीले सोमबार कीर्तिमान सातौं पल्ट बेलन डे’अर जितेका छन् । व्यक्तिगत रूपमा उनको खेल जीवन यो वर्ष उतारचढावपूर्ण रह्यो, तर उनले अर्जेन्टिनाका लागि कोपा अमेरिका भने जिते । अर्जेन्टिनी मेसीले यही उपाधिका कारणले आफूले बेलन डे’अर जितेको पनि मानेका छन् । महिलातर्फ भने स्पेनकी एलेक्सिया पुटेलासले बेलन डे’अर अवार्ड जितिन् । अहिले ३४ वर्ष पुगिसकेका मेसीले यो अवार्ड जित्ने क्रममा रोबर्ट लेवनडोस्की र करिम बेम्जेमालाई उछिनेका हुन् । अवार्ड कार्यक्रम पेरिसमा आयोजना गरिएको थियो र संयोगले अहिले उनी पेरिसकै क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) बाट...


















