साफ यु-२० प्रतियोगितामा नेपालको लगातार दोस्रो उत्कृष्ट जित
साउन, काठमाडौं – भारतमा जारी साफ यु–२० प्रतियोगितामा शुरुवाती खेलबाटै उत्कृष्ट लयमा रहेको नेपालले बुधबार लगातार दोस्रो उत्कृष्ट जित हात पारेको छ । कालिंगा स्टेडियममा सम्पन्न आफ्नो दोस्रो खेलमा नेपालले श्रीलंकालाई ३-० ले हरायो र फाइनल प्रवेशको सम्भावनालाई बलियो बनायो । खेलमा दुवै टोलीले पहिलो हाफ गोलरहित बराबरी खेले । पाएका केही अवसरलाई गुमाएको नेपालले गोलको खाता खोल्न दोस्रो हाफसम्म पर्खनु पर्यो । ५८औं मिनटमा बक्स भित्रबाट कप्तान आयुष घलानले पहिलो गोल गर्दै नेपाललाई खेलमा अग्रता दिलाए । लगतै ६५औं मिनटमा क्रितेश रत्न छुन्जुले त्यो अग्रता दोब्बर पारे ।...
















