मकवानपुरगढी भेट्रान्सको उपाधि गढी स्टार स्पोर्टस् क्लबको पोल्टामा

तामसालिङ खबर
१९ कार्तिक २०७८, शुक्रबार ०६:३८

कार्तिक, हेटौडा (मकवानपुर गढी) – गढी स्टार स्पोर्टस् क्लबको आयोजनमा भएको गढी भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि आयोजक गढी स्टार स्पोर्टस् क्लबले जीतेको छ ।

प्रतियोगितामा गढी स्टार स्पोर्टस् क्लब र गढी ४ को प्रतिभा युवा क्लब बिच भएको फाईनल खेल ३-३ को बराबरी भए पछि पेनाल्टी सुट आउटमा आयोजक गढी स्टार स्पोर्टस् क्लब १-० ले बिजयी भएको हो ।

दिपावलीको अबसरमा आयोजना गरीएको प्रतियोगितामा मकवानपुरगढी गाउँपालीका वडा नम्बर ३ र ४ का ६ वटा टीमको सहभागिता रहेको थियो । प्रतियोगितामा गढी स्टार स्पोर्टस् क्लब ,प्रतिभा युवा क्लब ,कालीखोला फुटबल क्लब , मनकामना भेट्रान्स, देबि डाँडा भेट्रान्स,अभियान एग्रो प्रा लि र स्याग्रे गुम्बा भेट्रान्सको सहभागिता रहेको थियो ।

प्रतियोगितामा समुह ए को बिजेता बन्दै गढी स्टार भेट्रान्स र समुह बि को बिजेयता बन्दै प्रतिभा युवा क्लब फाईनल पुगेको थियो । प्रतियोगितामा बिजयीले ३० के. जी. को खसी पुरस्कार पाएको छ भने दोस्रो हुनेले नगद ५ हजार पुरस्कार प्राप्त गरेको आयोजक गढी स्टार स्पोर्टस् क्लबका अध्यक्ष राजु दुलालले जनाएका छन । खेल गढी ३ मक्रान्चुलीमा रहेको फुटसल मैदानमा भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*