गायिका घिसिङको दरबन्दी रिलिज (भिडियो)
पुस २९ काठमाडौ – तामाङ सेलो संगीत क्षेत्रमा सक्रिय गायिका निर्माला घिसिङको ‘दरबन्दी’ बोलको गीत म्युजिक भिडियो रिलिज भएको छ । सुसन लामाको शब्द र संगीतमा रहेको गीतमा गायिका घिसिङ स्वयमको अभिनय रहेको छ । भिडियो रिलिज भएको एक हप्ता नहुदै भिडियोले करिब १ लाख ५ हजार भ्युज पाएको छ । कोरियोग्राफर अजय स्याङ्तानले निर्देशन गरेका म्युजिक भिडियोमा जनवादी गायिकाका रुपमा परिचय बनाएका उनि पछिल्लो समय व्यवसायिक संगितिक क्षेत्रमा चर्चामा छिन् । चर्चित रियालिटी सो भ्वाइस अफ नेपालका प्रतिस्पर्धी समेत रहेका उनले नेपाली तथा तामाङ गरी दर्जनौं गीतहरुमा स्वर...



















