मकवानपुरे गायक अविराम मोक्तानको ‘ओ साइली’ भिडियो रिलिज (भिडियो)
मंसिर ११, हेटौडा – मकवानपुरे गायक अविराम मोक्तानको “ओ साइली” बोलको गीतको म्युजिक भिडियो रिलिज भएको छ । मोडेल तथा कोरियोग्राफर अभि लामा र अनिता गोलेको अभिनयलाई फिचरिङ गरिएको सो भिडियोको गीत यस अघि नै मकवानपुरे दर्शक माझ चर्चामा रहेको थियो । “ओ साइली” बोलको गीतबाट नै तामाङ सांगीतिक क्षेत्रमा प्रबेश गरेका गायक मोक्तानले तामाङ चलचित्रको गीत लगायत नेपाली लोकदोहोरी समेत आवाज दिई सकेका उनि मकवानपुरमा हुने सास्कृतिक कार्यक्रमहरुमा ब्यस्त हुने गरेको छ । गायक तुलुक लामा बलको शब्द संगीत रहेको “ओ साइली” गीतमा शुरुमा लामाकै स्वर रहेको छ...



















