शुक्रबार चलचित्र ‘सुर्य किरण’को ट्रेलर र गीत सार्वजानिक हुने

कार्तिक ५, हेटौडा – प्रतिक्षित चलचित्र ‘सुर्य किरण’को ट्रेलर तथा सोही फिल्मको “मैच्याङ्लाई” बोलको गीत आउदो शुक्रबार सार्वजानिक हुने भएको छ । तामाङ चलचित्र क्षेत्रमा सदाबहार रुपमा छाइरहेको नायक अमिर दोङको निर्देशनमा बनेको नेपाली चलचित्र ‘सुर्य किरण’को ट्रेलर सार्बजनिक गर्न लागिएको हो । चलचित्रमा नायक सबिन श्रेष्ठ र मेलिना प्रजाको मुख्य अभिनय रहेको छ । गीतमा भने नायिका केकी अधिकारी र अमिर दोङको अभिनय रहेको छ । ट्रेलर तथा गीत सार्वजानिक कार्यक्रम बौद्धको जेएफसि क्याफेमा कार्तिक ८ गते हुने चलचित्र युनिटले जनाएको छ ।