हेटौडामा चलचित्र ‘लिटिल स्टार’ को निर्माण शुभारम्भ
भदौ २२, हेटौँडा – हेटौडामा चलचित्र “लिटिल स्टार”को निर्माण शुभारम्भ भएको छ । एजे टिम हेटौँडाको ब्यानरमा निर्माण हुने नेपाली चलचित्र “लिटिल स्टार”को आज हेटौँडामा पत्रकार सम्मेलन मार्फत निर्माण शुभारम्भ गरिएको छ । हेटौँडामा भएको पत्रकार सम्मेलनका बिच नेपाल चलचित्र विकास वोर्डका सदस्य नरेन्द्र महर्जनको प्रमुख आतिथ्यतामा चलचित्रको शुभारम्भ गरेका हुन् । अजय वाईवाको निर्देशनमा बन्ने चलचित्र मकवानपुरको लागि ऐतिहाँसिक चलचित्र हुने शुभारम्भको क्रममा महर्जनले बताए । मकवानपुरकै कलाकार, मकवानपुरमै छायाङ्कन्, मकवानपुरमै सम्पादन हुने पहिलो चलचित्र भएको भन्दै उनले २०७२ सालको विनासकारी भुकम्पपछि परिवार गुमाएका वालवालिकाहरुमा परेको प्रभावको विषयमा...



















