‘तिज आयो’ भन्दै आइन्, सञ्चारकर्मी कार्की दर्शक माझ (भिडियो)
हेटौडा – नायिका अनु शाहलाई फिचरिङ गरिएको सञ्चारकर्मी रेश्मी कार्कीको पहिलो कोसेली ‘तीज आयो’ बोलको गीतको म्युजिक भिडियो सार्बजानिक भएको छ । संचारकर्मी कार्की र हेटौडाकी गायिका शोभा गौतमको स्वरमा सजिएको गीतलाइ ओएसआर डिजिटलको अफिसियल युट्युब च्यानल मार्फत सार्बजानिक गरिएको हो । गोविन्द गौतमको शब्द तथा विकास चौधरीको संगीत रहेको गीतको संगीत संयोजन भने उदयराज पौडेलले गरेका छन् । उषा मलाहाको निर्देशनमा रहेको गीतको भिडियोलाइ हरिनारायण चौधरीले छायांकन गरेका हुन् । गीतमा नेपालको संस्कृतीको जगेर्ना देखि, महिलाको घर माईतीको कुरा सम्म जोडिएको छ । दिनेश माङमुको कोरियोग्राफी गरेको भिडियोमा...



















