भारतको प्रतिष्ठित आईफा अवार्ड काठमाडौंमा हुने

काठमाडौं – भारतको प्रतिष्ठित इन्टरनेशनल इण्डियन फिल्म एकेडेमी अवार्ड (आईफा अवार्ड) नेपालमा हुने भएको छ । मन्त्रिपरिषद्को पछिल्लो बैठकले अवार्ड आयोजना गर्न स्वीकृति दिएको छ, जसको नेतृत्व नेपाल पर्यटन बोर्डले गर्नेछ भने काठमाडौं महानगरपालिका सह-आयोजक रहनेछ । आईफा अवार्ड २०१९ नेपालमा आयोजना गर्ने वातावरण बनाउन भन्दै सरकारले ८ असारमा एउटा समिति गठन गरेको थियो । बिहीबार बसेको समितिको पहिलो वैठकले आईफाका प्रतिनिधिसँग बसेर छलफल गरेर ५ दिनभित्र अवार्डको मोडालिटी टुंगो लगाउने निर्णय लिएको नेपाल पर्यटन बोर्डका सीईओ दीपकराज जोशीले जानकारी दिए । ‘५ दिनभित्र कार्यक्रमको विस्तृत कार्ययोजना बनाएर हामी...