‘प्रेमगीत ३’ खेल्न २६ सय बढी युवतीको निवेदन

काठमाडौ – ‘प्रेमगीत ३’ मा ‘गीत’को भूमिकामा अभिनय गर्न २६ सय भन्दा धेरैको आवेदन परेको छ । निर्माण टिमले सिनेमाको लागि मुख्य भूमिकामा नायिकाको खोजी गर्दै आवेदन भर्नको लागि आव्हान गरेको थियो । आव्हान गरेको अन्तिम दिनको आज सम्म २६ सय १३ जनाले आवेदन दिएको निर्माता सन्तोष सेनले बताए । सिनेमाको लागि खोजेको जस्ती ‘गीत’ पात्र धेरै पाएको र अझै आउने विश्वास व्यक्त गरे । सिनेमाका लागि संसार भरि छरिएर बसेका नेपालीहरुबाट आवेदन आइरहेको सेनको भनाई छ । ‘सिनेमा खेल्नु भएको, म्युजिक भिडियोमा काम गर्नुभएको देखि लिएर नयाँ अनुहारले...