चलचित्र पत्रकार संघ मकवानपुरले तिन व्यक्तिलाई सम्मान गर्ने

तामसालिङ खबर
२३ बैशाख २०७६, सोमबार २०:०७

हेटौडा – चलचित्र पत्रकार संघ मकवानपुरले चलचित्र पत्रकारिता दिवसको अवसरमा तिन जनालाइ सम्मान सहित पुरस्कृत गर्ने भएको छ ।

संघको शनिबार बसेको बैठकले हरेक वर्षको जेठ ७ गते मनाउदै आएको चलचित्र पत्रकारिता दिवसको अवसरमा राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कारबाट सञ्चारकर्मी नवराज लम्साललाई नगद १० हजार पुरस्कार राशी सहित सम्मान गर्ने भएको छ ।

सोही अवसरमा चलचित्र पत्रकारिता पुरस्कारबाट नेपाल समाचार पत्रमा कलम चलाउदैं आएका सञ्चारकर्मी रोशन पराजुलीलाई पुरस्कृत गर्ने निणर्य गरेको छ । पराजुलीलाई दिने पुरस्कारको राशी ५ हजार रहेको छ ।

मकवानपुरमा जन्म भई राष्ट्रिय कलाकारितामा सफल कलाकारहरुलाई सम्मान स्वरुप हरेक वर्ष प्रदान गर्दै आएको चलचित्रकर्मी सम्मानबाट द्धन्द निर्देशक राजेन्द्र खड्गीलाई सम्मान गर्ने निर्णय गरिएको संघका अध्यक्ष मणिराज गौतमले बताए ।

संघले गत वर्ष चलचित्र सम्मानबाट नायिका निता ढुङगाना, राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कारबाट डब्बु क्षेत्री र चलचित्र पत्रकारिता पुरस्कारबाट रामकुमार एलनलाई पुरस्कृत गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*