हरिवन रमाइलो महोत्सवमा आज कमल खत्रीको प्रस्तुति रहने
सर्लाही – सर्लाहीको हरिवनमा जेष्ठ ३ गतेबाट शुरु भएको प्रथम हरिवन रमाइलो महोत्सवमा आज पनि चर्चित कलाकारहरुले प्रस्तुति रहेको छ । आज हुने कार्यक्रममा गायक कमल खत्री, ढाकाराम पौडेल रुद्रसेन बिस्वकर्मा, जादुगर बलराम सरकार लगायत कलाकारहरुको प्रस्तुति रहने सर्लाहीबाट पत्रकार राजु तामाङले जनाएको छ ।
पशुपति फेयर एक्जिवीसन र हरीवन युवा समुहको सहयोगमा महोत्सवबाट संकलित रकम हरिवन सुखेपोखरी स्थित चतुर्भुजेश्वर वृद्धाआश्रमको लागि सहयोग गरिने कार्यक्रम संयोजक जोनिश पाख्रीनले बताउनु भयो ।
५ बर्ष मुनिका बालबालिका र जेष्ठ नागरीकलाई प्रबेश शुल्क निशुल्क गरिएको छ भने सर्वसाधारणको लागि ५० प्रवेश शुल्क रहेको छ । महोत्सवमा अहिले सम्म ८ देखी १० लाखको कारोवार भएको संयोजक पख्रीनले बताउनु भयो । जेठ १५ गते सम्म हुने महोत्सबमा १ सय ६० वटा स्टल राखिएको छ ।
कृषि प्रदर्शनी, बैंक इन्स्योरेन्स तथा वित्तीय संस्थाहरु, अटो मोबाइलस, आइ.टि. इलेक्ट्रोनिक्स, गार्मेन्ट, जुत्ता, चप्पल, कस्मेटिक, तथा विभिन्न लत्ताकपडाहरु, होटल तथा रेष्टुरेन्ट आईस्क्रिम, शैक्षिक पर्यटक तथा हस्तकलाहरु र स्वास्थ्य शिविर तथा रमाइलो मेलाहरु हेर्न सकिने छ।







