अनुष्का श्रेष्ठले जितिन् मिस नेपाल वर्ल्डको ताज

काठमाडौँ – मिस नेपाल वर्ल्ड २०१९ को ताज काठमाडौँकी अनुष्का श्रेष्ठले जितेकी छिन् । अनुष्का २३ वर्षकी छिन् । अनुष्का ५ फिट ६ ईन्च उचाईकी छिन् । उनले मिस वल्र्ड २०१९ मा भिड्नेछिन् ।
बिहिबार किर्तिपुरको ल्याब्रोटरी स्कूलमा भएको फाईनलमा ७ जना फाईनालिष्टहरुलाई पछि पार्दै अनुष्काले ताज जितेकी हुन् । उनलाई मिस नेपाल वर्ल्ड २०१८ कि विजेता श्रृङ्खला खतिवडाले ताज पहिर्याईन् । फाईनलमा परेका ७ जना प्रतिस्पर्धीहरु रक्षा उप्रेती, रोज लामा, प्रदिप्ता अधिकारी, सोफिया भुजेल, रिया बस्नेत र मिरा कक्षपतिलाई जित्दै उनले ताज पहिरिन सफल भएकी हुन् ।
त्यस्तै मिस नेपाल सुपर नेशनल २०१९–रोज लामा, मिस नेपाल ईन्टरनेशनल २०१९–मिरा कक्षपति, मिस नेपाल अर्थ २०१९–रिया बस्नेत र मिस नेपाल युनिभर्स २०१९–प्रदिप्ता अधिकारी हुन सफल भईन् । मिस नेपाल अन्तर्गत भएका १२ उप–विधामा काठमाडौँ जोरपाटीकी रोज लामाले दुई वटा अवार्ड जितेकी छिन् । उनले बर्जर मिस ग्लामर २०१९ र क्रियटिभ दि स्टुडियो मिस फोटोजेनिक २०१९ अवार्ड जितेकी हुन् ।
मिस नेपाल सुपर नेशनल २०१९ को ताज जितेसँगै उनले १ विधा र २ उप–विधामा जित हात पारेकी छिन् । त्यस्तै काठमाडौँकी प्रदिप्ता अधिकारीले पनि २ वटा उप–विधामा अवार्ड जितेकी छिन् । उनले मिस गोल्डस्टार बेस्ट मिस एथलेट २०१९ र एन म्याग मिस ट्यालेन्ट २०१९ जितेकी हुन् । साथै उनले मिस नेपाल युनिभर्स २०१९ को ताज समेत पहिरिन सफल भईन् ।
१२ उप–विधाहरुमा ह्युन्डाई मिस फ्रेण्डसिप २०१९–न्यान्सी बोगटी, लिभोन मिस ब्युटीफुल हेयर २०१९–मिरा कक्षपति, बर्जर मिस ग्लामर २०१९–रोज लामा, क्रियटिभ दि स्टुडियो मिस फोटो जेनिक २०१९–रोज लामा, दि काठमाण्डु पोष्ट मिस इन्टेलेक्चुअल २०१९–अनुष्का श्रेष्ठ, गोदरेज नम्बर वन मिस बेष्ट न्याचुरल स्किन २०१९ – जेनी महर्जन, मिस गोल्डस्टार बेस्ट मिस एथलेट २०१९–प्रदिप्ता अधिकारी, ब्रिज सिमेन्ट मिस कन्फिेडेन्ट २०१९– निशा पाठक, बिप मिस पपुलर च्वाईस २०१९–रिया बस्नेत, एन म्याग मिस ट्यालेन्ट २०१९– प्रदिप्ता अधिकारी, यामाहा मिस फ्यासिनो २०१९–अनुष्का श्रेष्ठ र फोन पे ब्युटी उईथ अ पर्पोज–नितिका कर्मचार्यले जितिन् ।