‘प्रेमगीत ३’ को फस्ट लुक्समा मनिष राउतको पोस्टर सार्बजनिक

काठमाडौ – छायांकन सुरु नहुँदै दर्शकमा फिल्म ‘प्रेमगीत ३’ को व्यग्र प्रतिक्षा भइरहेको छ । निर्देशक छेतेन गुरुङ्ग र निर्माता समेत रहेका सन्तोष सेनले मिलेर निर्देशन गर्ने फिल्ममा अभिनेता प्रदीप खड्काले ‘प्रेम’ को भूमिका निभाउँदैछन् । ‘गीत’ अर्थात् लिड अभिनेत्रीका लागि भने अहिले अडिसन चलिरहेको छ । केही दिनमा ‘गीत’ क्यारेक्टरका लागि एक युवती छनोट गरिने निर्माता सेन बताउँछन् । नयाँ वर्षको मेसोमा चैत २८ गतेबाट यो फिल्म प्रदर्शनमा आउने निश्चित भइसकेको छ । यसबीच, निर्माण कम्पनी आशुसेन फिल्मस्ले फिल्ममा प्रमुख भूमिकाका लागि एक पुरुष कलाकार छनोट गरेको छ...