प्रदेश नम्बर एक स्तरिय मिस तामाङ प्रतियोगिताको तिब्र तयारी

धनकुटा – प्रदेश नम्बर एक स्तरिय मिस तामाङ प्रतियोगिताको तिब्र तयारी भैरहेको छ । नेपाल तामाङ धेदुङ उर्लाबारी नगर कार्यसमितीको आयोजनामा तामाङ समुदायको भाषा धर्म संस्कार संस्कृति परम्परालाई प्रबर्द्धन गर्दै तामाङ समुदायको यूवतिहरुको व्यक्तित्व विकास गर्ने उद्देश्यले मिस तामाङ प्रतियोगिता हुने भएको छ ।
तामाङ घेदुङ जिल्ला समन्वय समिती धनकुटाको सह-आयोजनामा मिस तामाङ प्रतियोगिता हुने आयोजकले जनाएको छ । प्रदेश नम्बर १ स्तरिय मिस तामाङ प्रतियोगिताको पहिलो अडिसन असार १२ गते इलाम बाट सुरु हुने छ । दोस्रो अडिसन असार १६ गते विर्तामोड क्रमस असार २० गते धनकुटा, असार २५ गते सुनसरी तरहरा, असार २८ गते उर्लाबारीमा हुने आयोजकले जनाएको छ ।
असार २० गते भोजपुर, धनकुटा, तेह्रथुम र संखुवासभाका लागि हिलेमा अडिसन गरिने आयोजकले जनाएको छ । प्रतियोगिताको ग्रान्ड फिनाले भने धनकुटाको हिलेमा भदौ २८ गते गर्ने निर्णय गरेको छ ।
प्रतियोगिताको बिजेता फस्ट रनअपले नगद रु एक लाख गिफ्ट ह्याम्पर र दोस्रोलाई पचास हजार गिफ्ट ह्याम्पर प्रदान गरिनेछ । त्यस्तै अन्य बिजेताहरुलाई विभिन्न विधामा नगद र गिफ्ट ह्याम्पर साथै एक वर्ष सम्मकालागि फेसन डिजाईन डिप्लोमा कोर्ष, शैक्षिक इस्कलरसिप ,जिवन विमा लगायतको विभिन्न विभिन्न विधामा पुरस्कारहरु रहेको आयोजकले जनाएको छ ।