मकवानपुरकी सन्ध्या छमछमी उत्कृष्ठ ८ मा छनौट
भदौ २२ , हेटौडा – मकवानपुरको सन्ध्या आचार्य ‘रियो छमछमी सिजन ४’ को उत्कृष्ट ८ मा छनौट भएकी छिन् । भदौ २१ गते शनिबार भएको प्रतिस्पर्धाबाट उनी उत्कृष्ट ८ मा पर्न सफल भएकी हुन् । उत्कृष्ठ ८ मा छनौट भएसँगै उनले आफ्नो प्रस्तुति मन पराएर भोट गरिदिने सम्पूर्ण दर्शक तथा शुभचिन्तकहरुलाई आभार प्रकट गरेकी छिन् ।
उनलाई शनिबारदेखि बिहीबार बिहान १० बजेसम्म भोट गर्न सकिन्छ । सन्ध्यालाई जिताउन म्यासेज बक्समा cc लेखी एक स्पेस छोडेर उनको भोटिङ कोड ०८ टाईप गरी ३१००९ मा पठाउनुपर्ने छ ।
नेपाल टेलिभिजनबाट प्रसारण हुने मेगा डान्स रियालिटी शोमा उनी मकवानपुरबाट एक मात्र दाबेदार हुन् । सन्ध्याले देशभरीका २० हजारभन्दा बढी प्रतिस्पर्धीलाई पछि पार्दै उत्कृष्ट ८ मा स्थान सुरक्षित गरेकी हुन् । सन्ध्या छमछमीको तेस्रो सिजनमा पनि उत्कृष्ट ५० सम्म पुग्न सफल भएकी थिईन् ।
सन्ध्याले आधा दर्जनभन्दा बढी म्युजिक भिडियोका साथै विभिन्न व्यवसायिक विज्ञापनमा समेत अभिनय गरेकी छिन् ।






