बागमती प्रदेशको ६ जिल्लामा फैलियो बर्डफ्लु
चैत्र, हेटौडा – बर्डफ्लु रोगको संक्रमण मकवानपुरसहित बागमती प्रदेशका जिल्लाहरुमा फैलिएको छ । हाल सम्म बागमती प्रदेशका ६ जिल्लामा बर्डफ्लु देखा परिसकेको छ । बागमती प्रदेश कृषि तथा पशुपक्षी विकास मन्त्रालय हेटौंडाका अनुसार काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर र सिन्धुपाल्चोकमा बर्डफ्लु देखिएको हो । मन्त्रालयका सचिव डा. शरणकुमार पाण्डेका अनुसार बर्डफ्लुका कारण हालसम्म करिब तीन करोड रुपैयाँ बराबरको क्षति भएको अनुमान मन्त्रालयले गरेको छ । प्रदेशमा माघ १६ गतेदेखि हालसम्ममा संक्रमण विभिन्न जिल्लामा फैलिरहेको छ । बर्डफ्लु रोग संक्रमण देखिएको स्थानहरुमा हालसम्म ५८ हजार २ सय ६१ पक्षी, २२...


















